मुम्बई। आफ्ना प्रिय कलाकारप्रति फ्यानको पागलपनको सीमा कतिसम्म हुन्छ, यस्सै एकिन गर्न सकिन्न। उनीहरू आफ्ना प्रिय कलाकारका लागि केके गर्छन्-गर्छन्? बेलाबेलामा थरिथरीका फ्यानहरूका अचम्मका किस्सा सार्वजनिक हुने गर्छन्। फेरि एउटा किस्सा सार्वजनिक भएको छ।
भारतीय अभिनेत्री काजल अग्रवाललाई भेट्ने लालसामा एक फ्यानले ६० लाख भारू गुमाएका छन्। भारतको रामानाथपुरम निवासी एक प्रशंसक काजललाई भेट्न चाहन्थे। उनको यही कमजोरी टेकेर उनीबाट ६० लाख रूपैयाँ एउटा ठगहरूको समूहले चट्काइदियो। सर्च गर्दा यी फ्यानले इन्टरनेटमा काजललाई मिलाइदिने दाबी गर्ने एक वेबसाइट भेटे। उनले यसलाई सत्य ठाने तर यो साइट ठग्नका लागि बनाइएको थियो। उनी यहि ठगीधन्दाको सिकार भए।
यस साइटवालाले सुरूमा काजल भेटाउन ५० हजार मागे। त्यसपछि काजललाई भेट्ने अवसर बढेको भन्दै थप रकम माग्दै गए। जब पैसाको मात्रा बढ्दै गयो तब यसरी पैसा दिने व्यक्तिलाई सो समूहप्रति शंका बढ्यो। उनले त्यसको विरोध गरे। जवाफमा उनीहरूले ती फ्यानको अन्तरंग तस्वीर सार्वजनिक गरिदिने धम्की दिए र उनीबाट थप पैसा असुले।
हाल ती फ्यान पुलिसकोमा पुगिसकेका छन्। पुलिसमा उनले किस्ताकिस्ता गरेर सो समूहलाई ६० लाख भारू बुझाएको उल्लेख गरेका छन्। प्रहरीले घटनामा जाँच गर्दै संलग्नहरूलाई पक्राउ गर्न सुरू गरेको छ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते