काठमाडौं , साउन १५। कञ्चनपुरको बेलडाँगी–२ की एक २४ वर्षीया युवतीमाथि स्थानीय एक युवकले धम्क्याएर बलात्कार गरेका छन् । स्थानीय ३५ वर्षीय युवक गणेश रावलले पटक पटक बलात्कार गरेको भन्दै पीडित युवतीले बेलडाँगी प्रहरी कार्यालयमा उजुरी गरेकी हुन् ।
श्रीमान भारत गएको मौकामा वैशाख ३ गते यौनसम्पर्क गर्न नदिए बालबच्चा मारिदिने धम्की दिएर बलात्कार गरेका थिए । त्यसपछि उनले पटक पटक धम्क्याउँदै बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी गरेकी हुन् ।
महिलाले आज श्रीमानको साथ बेलडाँगी प्रहरी कार्यालयमा उजुरी गरेकी छिन् । आफू भारत गएको बेला घटना भएको भन्दै पीडित युवतीका श्रीमानले आफू आएपछि मात्र घटनाबारे श्रीमतीले जानकारी गराएको बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण गरी आरोपीको खोजी थालिएको बेलडाँगीका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी दिए । बलात्कार आरोपी युवक भने फरार छन् ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने