चन्द्रपुर नगरपालिकाको वडा कार्यालयमा आगजनी, नजिकै बम जस्तो देखिने बस्तु

  • साझा डबली
  • काठमाडौं, साउन १५। रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्येरातमा आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वडा अध्यक्ष रवि देबकोटाले जानकारी दिएका छन।  कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको उनले बताएका छन।

    घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए।  सो वडा कार्यालय नजिकै बम जस्तो देखिने बस्तु देखिएको छ ।

    अहिले स्थानीय त्रसित भएका छन्। उक्त आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ।  आजको बन्दलाई  लक्षित गरि बम राखेको हुन सक्ने अनुमान छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology