निकोसिया। केही दिनअघि साइप्रसमा एक १९ वर्षीय युवतीले १२ जना युवकमाथि सामूहिक बलात्कारको आरोप लगाएकी थियन् । बेलायती युवतीका अनुसार १७ जुलाइका दिन उनलाई १२ जना युवकले बलात्कार गरेका थिए । युवतीको आरोपपछि सबै युवकलाई पक्राउ गरी जेलमा राखेर मुद्दा अगाडि बढाइएको थियो ।
अहिले भने यो मुद्दामा नयाँ जानकारी खुलेको छ । मिडिया रिपोर्टका अनुसार पुलिसले झुटो बयान दिएको आरोपमा ती पीडित भनिएकी युवतीलाई नै पक्राउ गरेको छ । उनलाई आइतबार पक्राउ गरिएको हो । युवतीका अनुसार उनले एक युवकसँग सहमतिमा शारीरिक सम्बन्ध राखेकी थिइन् तर त्यही बेला उनका साथीहरु आए र सबै १२ जनाले बलात्कार गरे ।
युवतीले आधा रातमा आफू ती युवकको कोठामा गएको बताएकी थिइन् जहाँ उनलाई सामूहिक बलात्कार गरिएको थियो । सबै आरोपी युवकहरु इजरायली थिए । पुलिसलेसबैलाई पक्राउ गरेको थियो । तर, बिहीबार ५ आरोपी युवकलाई रिहा गरियो । पछि अन्य ७ जनालाई पनि छोडियो । आरोप लगाउने युवतीलाई नै पक्राउ गरियो । अब ती युवतीलाई अदालतमा पेश गरिनेछ ।
युवतीले आफू एउटा रिसोर्टमा विदा मनाउन आएको बेला एक युवकको सम्पर्कमा आएको बताएकी थियन् । साइप्रसको एइया नापा शहर रिसोर्टका लागि चर्चित छ । सबै आरोपी युवकको उमेर १५ देखि २० वर्ष थियो । पुलिसले यो मुद्दामा डिएनए जाँच गराएको थियो । जेलबाट छुटेपछि सबै युवकहरु खुसी मनाइरहेका देखिए । जानकारी अनुसार यी १२ मध्ये १ युवकले घटनाको बेला आफू गर्लफ्रेण्डसँग भएको प्रमाणित गर्न सफल भएका थिए । यही आधारमा युवतीको बयान झुटो भएको खुलेको थियो ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते