काठमाडौँ, साउन १३। शुक्रबार बिहान करीब ७ बजेको समयमा घोराही उपमहानगरपालिका–१७ की २७ वर्षीया रीता डाँगीको मृत्युको विषयमा थप रहस्यहरू बाहिर आउन थालेका छन । उनलाई छिमेकी रमिता केसीले आफ्नो श्रीमानसँग शारीरिक सम्पर्क राख्दै आएको आरोप समेत लगाएकी छिन । त्यतिमात्रै हैन उनलाई घरमै आई लछारपछार गरेको कुरा पनि बाहिर आएको छ ।
घरमा भाँडा माझ्न लागेकी रीतालाई जगल्ट्याउँदै कुटपिट गरेर ढलाएको उनकी सासु श्यामकली डाँगीले देखेको बताएकी छिन । छुट्टयाउँन खोज्दा उनलाई समेत घिच्याइएको उनको भनाई छ ।
त्यो देखेपछि रीताका ससुरा पहलबहादुर डाँगी प्रहरी गुहार्न हिँडेको र प्रहरीसहित उनी फर्केर आउँदा रीता घरदेखि करीब सय मिटरको दूरीमा पर्ने रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।
रीताका श्रीमान मोहन डाँगी वैदेशिक रोजगारका लागि कोरियामा छन् । उनका ४ वर्षीय एक छोरा छन् । रीताका दाजु चन्द्रविक्रम खड्काले बहिनीको कुटपिटसँगै हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ती दुवै जना महिलाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा दायर समेत गरेका छन् । आइतबार खड्काले अर्को रहस्य खुलेको बताउँदै मुद्दाले अर्को मोड लिन लागेको बताए ।
कोरियामा रहेका ज्वाइँसँग बुझ्दा रमिता केसीका श्रीमान फर्शुराम केसीले केही समयअघि मेरी बहिनी रीतालाई बलात्कार गरेको र बहिनीले उक्त कुरा ज्वाइँलाई समेत भनेको खुलेको दाजु खड्काले बताएका छन । उनले अब फर्शुराम केसीविरुद्ध पनि मुद्दा दिने सोचमा रहेकाे बताए
घटना यस्तो
घटना एक वर्ष अघिको हो । रीतालाई क्यान्सर भएको हुन सक्ने आशङ्कामा अघिल्लो साउन महिनामा चितवनको भरतपुरमा जचाउँन पठाइयो । छिमेकी मात्र नभई फर्शुराम केसी रीताका माइती तर्फका आफन्त समेत थिए । उनैको साथ लगाएर भरतपुर पठाएका बेला फर्शुराम र रीताबीच अवैध सम्बन्ध रहेको चर्चा चल्न थाल्यो ।
स्थानीयका अनुसार उक्त घटनाबारे गत मंसिर महिनामा समेत स्थानीय अगुवाहरू बसेर आफन्तबीचको कुरा भनेर भित्रभित्रै मिलाइएका थिए । कोरियामा रहेका रीताका श्रीमान मदन डाँगी श्रीमतीबाट थप कुरा खोतल्न फकाउँदै र मोवाईल रेकर्डको प्रयोग गर्दै आइरहेका थिए । पछिल्लो चरण रीतालाई सबै कुरा भन, ‘केही फरक पर्दैन भनेर मन चोर्दै रकर्ड गर्दै गर्न थाले । रीताको पालो पर्शुराम र आफु बीचको सबै कुरा बताइन् ।’
श्रीमती र आफूबीच भएको करिब १५ मिनेटको अडियो श्रीमान मदनले घर पठाइदिए । असार ८ गते राति उक्त अडियो सुनाउँदै रीताका ससुरा र अर्का एक ब्यक्तिले रीतालाई निकै बरेसम्म केरकार र गाली गलौज गरिरहे । त्यतिले मात्रै नपुगेर उनै फर्शुरामको घरमा पुगेर ‘यी हामीले तिमीहरूको लसपस बारे प्रमाण पायौं, रीतालाई तैले स्यहार’सम्म भनियो । त्यहाँबाट उनीहरू करीब ५ बजेको समयमा प्रहरी कार्यालयमा समेत पुगे ।
यता पनि पढ्नुहोस







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते