हेर्नुस् आगामी २४ घन्टाको लागि मौसमी विवरण

  • साझा डबली
  • काठमाडौं, साउन ११। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको छ, जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली भई केहि स्थानहरुमा वर्षा भईरहेको छ ।

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।

    रातीः देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
    देशका पहाड तथा तराईका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र र पहाडि भु(भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology