जि.पि.पौडेल / काठमाडौ,साउन १० । नेपालभर छरिएर पर्यटन सम्बन्धि अध्ययन गरिरहेका बिद्याथीहरुलाई एकिकृत र नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ पर्यटन बिषय अध्ययन गरिरहेका बिद्याथीहरुको एक भेलाले ‘पर्यटन बिद्यार्थी मञ्च–नेपाल’ गठन गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच ११ सदस्यीय तदर्थ समिती गठन भएको हो । बिभिन्न क्याम्पसहरुमा पर्यटन बिषय अध्ययन गरिरहेका करिव ४ दर्जन बिद्यार्थीहरुको उपस्थितीले अभिषेक अर्याल लाई अध्यक्षमा सर्वसम्मतले पारित गरेको हो । आज गठित उक्त मञ्चमा उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, महासचिव बिजिता शाक्य सचिवमा निशान कार्की र कोषाध्यक्षमा सञ्जु बिश्वकर्मा रहेकी छन । त्यस्तै गरि सदस्यहरुमा क्रमश : दिपक राज भट्ट, शाब्दिका श्रेष्ठ, सुवर्ण पौडेल, सुजन अधिकारी, मोनिकला शाह र सृष्टि थापा मगर चुनिएका छन ।
पर्यटन बिद्यार्थी मञ्च–नेपालका पदाधिकारीहरु
नेपाल सरकारको पर्यटन नितीलाई सहयोग पु¥याउने उदेश्यका साथ पर्यटनको अथाह संभावना रहेको नेपाललाई थप पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने प्रमुख उदेश्य रहेको मञ्चका अध्यक्ष अभिषेक अर्यालले जानकारी दिए । उनले समाजमा पर्यटन बिद्यार्थी भनेर घुमफिर गर्ने मात्र नभई हरेक संस्कृती जोगाउन र प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरुको व्यवस्थापन गर्न आफुहरु लागी पर्ने प्रतिबद्धता समेत गरेका छन ।
महासचिव बिजिता शाक्यले देशभरका आम मानिसहरुलाई पर्यटनको थप संभावनाहरुको खोजी गर्न सहयोग गर्ने र पर्यटनसंग आबद्ध विद्यार्थीहरुलाई एकिकृत गरि आगामी दिनहरुमा संजाल अझै ठुलो बनाउन लागी परेको बताएकी छन । देशभरका पर्यटनसंग सम्बन्धित क्याम्पसहरुमा संगठन बिस्तार गरी सस्थालाई पर्यटन बैचारिक केन्द्रको रुपमा विकास गर्ने अगाडी बढेको सचिव निशान कार्कीले बताएका थिए । देशभरका बिभिन्न पर्यटनसंग सम्वन्धित संघसस्थाहरु संग मिलेर आफुहरुपनि थप अध्ययन र खोजीगरी पर्यटनमा टेवा पुग्ने खालको कार्यक्रम गर्ने सदस्यहरुको विश्वास रहेको थियो ।







सल्यानमा पौने दुई अर्बको आलु उत्पादन
निर्वाचन सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन