समाचारकाे बिषयमा स्पष्टिकरण साेध्नु प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रतामाथिको हस्तक्षेप – महासंघ

  • साझा डबली
  • तेह्रथुम, साउन १०। समाचार लेखेकै विषयमा स्थानीय सरकारले पत्रकारलाई स्पष्टिकरण सोध्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको पत्रकार महासंघ र प्रेस युनियन तेह्रथुम शाखाले जनाएको छ ।

    महासंघ र प्रेस युनियन तेह्रथुमले शुक्रबार विज्ञाप्ति जारी गर्दैे आठराई गाँउपालिकाले समाचार लेखेकै विषयमा पत्रकार अमृत बाँस्तोललाई स्पष्टिकरण सोध्नु प्रेसमाथिको हस्तक्षेत्र भएको उल्लेख गरेको हो । विज्ञप्तिमार्फ पत्रकारलाई हतोत्साहित गर्ने उद्धेस्यले स्पष्टिकरण नसोध्न आवहान गरिएको छ ।

    हाम्रो सवाल डटकमका सम्पादक समेत रहेका बाँस्तोलाले साउन एक गते राती प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिमा पाटी र दोहोरि साँझ चलाएको विषयमा समाचार लेखेका थिए । स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोस प्रसाद शाहको नेतृत्वमा स्वास्थ्य संस्थाजस्तो संवेदनशित क्षेत्रमा पाटी सहित दोहोरी साँझ चलाइएको थियो ।

    समाचारकै विषयलाई लिएर आठराई गाँउपालिकाले सात दिन भित्र गाँउपालिकाको कार्यालयमा उपस्थित भई लिखित स्पष्टिकरण दिन बाँस्तोलालाई पत्र लेखेको छ । अनलाइनमा प्रकाशित समाचारलाई गाँउपालिकाले सामाजिक सञ्जालमा मनगणन्ते कुराको संज्ञा दिएको छ ।

    समाजिक सञ्जालमा मनगणन्ते कुरा गरेको भन्दै गाँउपालिका अध्यक्ष मान बहादुर लिम्बूले बाँस्तोलालाई लिखित स्पष्टिकरण माग गरेका हुन् । समाचार आएपछि गाँउपालिकाको कार्यालयमा पत्रकार बाँस्तोला र डाक्टर शाहबीच मिलाउने प्रयत्न गर्दा कुरा नमिलेपछि गाँउपालिकाले स्वास्थ्य संस्थामा पाटी चलाउने शाहलाई संरक्षण गर्ने उद्धेस्यले  बाँस्तोलालाई स्पष्टिकरण सोधेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology