काठमाडौँ, साउन ९। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै बधाई दिएपछि सामाजिक सञ्जालमा हासोका पात्र बनेका छन् ।
बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनभन्दै अरु कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर प्रधानमन्त्री ओलीले बधाई दिएको केही समयपछि त्यसलाई डिलिट गरेर सही ह्याण्डललाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ। ट्वीटमा गल्ती भएको पत्तो पाएको करीब १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट गरिएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल ‘@kpsharmaoli’बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै ‘@borisjonson’ ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । तर उक्त ह्यान्डल बेलायती प्रधानमन्त्री बेरिसको नभइ अरुकै भएको थाहा भएपछि त्यसलाई डिलिड गरिएको हो । बेलायती प्रधानमन्त्री बोरिसको ट्वीटर ह्याण्डल ‘@borisjohnson’ हो ।
प्रधानमन्त्रीको सचिवायले यति सानो कुरामा पनि ख्याल गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते