काठमाण्डौ, साउन ७। गुल्मीमा पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
जिल्लाको सत्यबति गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् ।
सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् ।
त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु मृत्यु भएको हो । उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । अरु २ जना बेपत्ताको नाम थर खुल्न सकेको छैन .
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएका छन् । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताइएको छ । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लाग्छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते