एजेन्सी । १ सय ५३ यात्रु लिएर मुम्बइबाट दिल्ली गइरहेको विमानको आकाशमै इन्धन सकिएपनि ठूलो दुर्घटना बाट बचेको छ । विस्तारा एयरलाइन्सको विमान मुम्बइबाट दिल्लीको लागि उडेको थियो तर दिल्लीमा मौसम खराब भएर अवतरण गर्न नमिल्ने भएपछि विमानलाई लखनउ डाइभर्ट गरिएको थियो ।
विमानले लखनउमा अवतरण गर्दा विमानमा १० मिनेटलाई मात्रै पुग्ने इन्धन बाँकी थियो । डाइभर्ट गरिएको विमानमा इन्धन सकिनै लागेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई आफ्नो स्थितिको जानकारी दिएपछि आकस्मिक अवतरण गरिएको हो ।
मुम्बइबाट दिल्ली उड्ने एयरबस ए–३२० विमानमा ६० मिनेटको लागि पुग्ने अतिरिक्त इन्धन हुन्छ । यो अतिरिक्त इन्धनको प्रयोग विमानलाई कतै डाइभर्ट गर्नुपर्यो भने गरिन्छ ।
यो विमानलाई पनि खराब मौसमका कारण दिल्लीबाट लखनउ डाइभर्ट गरिएको थियो । तर लखनउमा पनि भिजिबिलिटी अचानक कम भएपछि पाइलटले कानपुर वा प्रयागराज जस्ता वैकल्पिम विमानस्थलमा अवतरण गर्ने फैसला गरे ।
एयरलाइन्सका अनुसार जब विमान प्रयागराज जाँदै थियो त्यही बेला लखनउ एटीसीले मौसम सफा भएको जानकार दिएपछि विमान फेरि लखनउ फर्काइयो किनकि लखनउमा विमान र यात्रुको लागि राम्रो सुविधा छ ।






असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने