काठमाडौं, साउन २। प्रस्तावित ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एच बिओ, एबिओ र युटिभी ग्लोबलजस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तथ्याङमा उल्लेख गरिएको छ ।
हरेक वर्ष नेपालमा प्रशारण हुने विदेशी च्यानल वितरकहरुले नेपाल सरकारलाई बुझाएको रकमसहितको सम्झौतापत्र र नवीकरणपत्रका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
यो समाचार नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छिन् ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते