टोले गुण्डा लामा पक्राउ

  • साझा डबली
  • काठमाडौं, असार ३१। गुण्डागर्दीमार्फत ब्यवसायीबाट हप्ता असुल्दै धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

    काभ्रेपलाञ्चोक स्थायी घर भएका टोले गुण्डा  लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका ब्यवसायीहरुलाई डर, त्रास र धाकधम्की दिएर महिनाबारी उठाउने र नदिए मार्ने समेतको धम्की दिंदै आएका थिए। लामालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो।

    लामालाई प्रहरीले ०७२ चैत १० गते नेविसंघका नेताहरुलाई कुटपिट गरेको अभियोगमा मुद्धा चलेको थियो । २०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ बर्ष जेल समेत परेका थिए । दरवारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत पक्राउ परेका थिए ।

    उनी मुस्कान व्युटीपार्लर समेत सन्चालन गर्दै आएका छन् । प्रहरीको सूचीमा ‘ग’ श्रेणीका गुण्डा भनेर चिनिएका लामा काभ्रेको भिमखोरी गाविस–२ करम डाँडाका स्थायी बासिन्दा हुन् । सिनामंगल क्षेत्रका मेनपावरमा हप्ता असुली, धाकधम्की र सामान्य ठेक्कापट्टाको आवरणमा गुण्डागर्दी गर्दै आएका लामाले धाकधम्की दिएर हप्ता असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई निगरानी बढाएको थियो । काठमाडौंका अबैध जुवा खालबाट पैसा लुटपाट गर्ने धन्दामा समेत लामा संलग्न रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology