कांग्रेस वडाध्यक्षको यत्रो पावर, सुन्दरीजलमा मेलम्चीको काम ठप्प

  • साझा डबली
  • काठमाडौं, असार ३०। नेपाली कांग्रेसबाट निर्वाचित एकजना वडाध्यक्षको निकै ठूलो शक्ति देखिएको छ । त्यो पनि काम बिगार्नका लागि उनले शक्ति देखाएका हुन् ।

    सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम भइरहेको बेला गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धरका कारण आयोजनाको काम आजदेखि रोकिएको छ । वडाध्यक्ष मानन्धरले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावित गर्न काम नगर्नू भनेर भड्काएपछि मेलम्चीको काम रोकिएको हो ।

    वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेसका कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदूरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम ठप्प भएको हो । मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाइरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ ।

    मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नू भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

    सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भइरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुबै ठेकेदार कम्पनीले काम गरिरहेका थिए । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नू भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology