काठमाडौं, असार २१। वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल जर्मनीको बोनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तीन साता बिताएर गत शनिबार काठमाडौं फिरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय खाका महासन्धि(यूएनएफसीसीसी) को ‘फोकल व्यक्ति’ का हिसाबले कार्यक्रममा ढकालको सहभागिता सान्दर्भिक भए पनि उनले असम्बन्धित उपसचिव गणेशविक्रम शाहीलाई पनि लगेका थिए ।
ढकालले नेतृत्व गरेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका दुई जना उपसचिव केशवप्रसाद गौतम र अरुणप्रसाद भट्ट पनि कार्यक्रममा सहभागी थिए ।
ढकाल, गौतम र शाही बेलायती सहयोग नियोग(डीएफआईडी) को अक्स्फोर्ड पोलिसी म्यानेजमेन्ट(ओपीएम) र भट्ट मन्त्रालयमै सञ्चालित राष्ट्रिय जलवायु सहयोग कार्यक्रम(एनसीसीएसपी)को रकम खर्चेर बोन सम्मेलनमा गएका थिए ।
ढकालले यस अघि गत मंसिरमा पोल्याडमा भएको यूएनएफसीसीसीको २४ औं सम्मेलनमा पनि असम्बन्धित उपसचिव रामबहादुर शाहीलाई सहभागी गराएका थिए ।
यो समाचार आजको कान्तिपुरमा अब्दुल्लाह मियाँले लेखेका हुन् ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते