पश्चिम नेपाल म्यानपावरको ठगी धन्दाः कतारमा भोकै एउटै कोठामा २४ जना बस्न बाध्य, संचालक फरार

  • ४५ लाख रुपैयाँ ठगी
  • दिनेश थापा
  • काठमाडौं,असार १९ । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा म्यानपावरहरुको ठगी धन्दा निकै फस्टाएको छ । बिना डिमाण्ड युवाहरुलाई विदेश पठाउने र लाखौं रुपैयाँ असुल्ने गरेका छन् । यसै क्रममा काठमाडौंको गोंगबुस्थित पश्चिम नेपाल म्यानपावरले कतारको रोजगारीका नाममा २४ जना युवाहरुलाई कतार पु–याएर अलपत्र पारेको छ । २४ जनाबाट करिब ४५ लाख रुपैयाँ ठगी गरेको छ ।

    कतार पुगेर अलपत्र परेका २४ जना युवाहरु एउटै कोठामा बस्न बध्य भएका थिए । २४ मध्य केही युवाहरु आफ्नै खर्चमा टिकट काटी नेपाल फर्किएका छन् भने बाँकी युवाहरु कतारमा नै अलपत्र अवस्थामा रहेका छन् । नेपाल फर्किएका पीडीत युवाहरुः गोरखा पालुङटारका सरोज तिवारी, गोरखा पालुङटारकै वे बहादुर गुरुङ, धार्दिङ आगीनचोकका रञ्जन खान, रामेछाप खाँणदेवीका सञ्जय कुँवर, मकवानपुर हेटौंडाका दिपक घिसिङ, चितवान शिवनगरका विक्रम गुरुङ र प्युठानका टंक प्रसाद श्रेष्ठ रहेका छन् ।

    कतार पुगेर अलपत्र परेका २४ जना युवाहरु एउटै कोठामा बस्न बध्य भएका थिए । २४ मध्य केही युवाहरु आफ्नै खर्चमा टिकट काटी नेपाल फर्किएका छन् भने बाँकी युवाहरु कतारमा नै अलपत्र अवस्थामा रहेका छन् । नेपाल फर्किएका पीडीत युवाहरुः गोरखा पालुङटारका सरोज तिवारी, गोरखा पालुङटारकै वे बहादुर गुरुङ, धार्दिङ आगीनचोकका रञ्जन खान, रामेछाप खाँणदेवीका सञ्जय कुँवर, मकवानपुर हेटौंडाका दिपक घिसिङ, चितवान शिवनगरका विक्रम गुरुङ र प्युठानका टंक प्रसाद श्रेष्ठ रहेका छन् ।

    काम त कहाँ हो कहाँ खाने कुरा पनि २४ घण्टामा एक पटक मात्र रोई कराई गरेपछि दिएको कुरा नेपाल फर्किएका पीडीत युवाहरुले बताएका छन् । बाँकी कतारस्थित अलपत्र अवस्थामा रहेका युवाहरुका आफन्त आफ्नो परिवारका उद्धार गर्न, नेपाल फर्किएका पीडीत युवाहरु आफूले तिरेको लागत फिर्ता लिन र पश्चिम नेपाल म्यानपावरले गरेको ब्यवहार तथा पीडा पछि मिडियामार्फत आएका छन् ।

    म्यानपावर सञ्चालक कटुवाल

    उनीहरुले दिएको सम्पुर्ण विवरणपश्चात हामीले यो समाचार तयार पारेका हौं । उनीहरुलाई कतार र्पुयाएर अलपत्र पार्ने ‘पश्चिम नेपाल ओभर्सिज प्रालि’का संचालक सन्देश केसी भनेर चिनिने तर नागरिकताको नाम निर बहादुर कटुवाल भने सम्पर्क बिहीन छन् । राम्रो काम र कमाईको प्रलोभन देखाएर युवालाई कतार र्पुयाएर महिनौँसम्म वेवास्ता गर्ने म्यानपावर विरुद्ध उनीहरुले मंगलबार वैदेशिक रोजगार विभागमा सामुहीक मुद्दा दायर गरेका छन् ।

    १ लाख ८० हजारदेखि २ लाखसम्म म्यानपावरलाई बुझाएर कतार पुगेका युवालाई कतारको एउटा कोठामा लगेर राखिएको थियो । कतार र्पुयाइएका २४ जना युवाबाट म्यानपावरले ४० लाखभन्दा बढी रकम असुल गरेको छ । युवाहरुलाई कतारमा क्लिनर, मार्केटिङ र डेलिभरीलगायत काम गर्नु पर्ने भनिएको थियो । पीडीत युवाहरु डेढ महिना अघि म्यानपावरमा पैसा बुझाएर रोजगारीका लागि कतार पुगेका थिए ।

    उनीहरुलाई कतारमा दैनिक ८ घन्टा काम गर्दा मासिक १४ सयदेखि १८ सय रियालसम्म हुने र ओभरटाइम सुविधासमेत रहेको पश्चिम नेपाल म्यानपावर प्रलोभन देखाएको बताएका छन् । ‘कतारमा लुलु माकेर्टमा मार्के्टिङको काम छ, कमाई पनि राम्रो छ, त्यसका लागि २ लाख रकम तिर्नुपर्छ भनेर आफूलाई सन्देश केसी भनी चिनाउने निरबहादुरले प्रलोभन देखाएपछि २ लाख तिरेर कतार पु–याएको पीडीतहरुले बताए ।
    पीडित युवाका अनुसार उनीहरुलाई कतार र्पुयाउने म्यानपावर सञ्चालक निरबहादुर कटुवाल पनि कतारमै छन् भन्ने आश्वासन भएता पनि सम्पर्कमा भने आएका छैनन् । ‘काम नपाएर भोक भोकै बस्नुपर्ने पीडात थिँदै थियो तर, बसेको कोठाको भाडा पनि नतिरेकाले घरबेटीले कोठामा ताल्चा लगाएपछि केही दिन सडकमा पनि रात बिताएको लगाइतका आ–आफ्नो गुनासो पीडीतहरुले सुनाएका छन् ।

    गोरखा पालुङटार घर भएकी पश्चिम नेपाल म्यानपावर कम्पनीमा काम गर्दै आएकी अर्चना सिंहले आफ्नै व्यक्तिगत पैसा ६ लाखभन्दा बढी रकम खर्च गरेर केही पीडीतहरुलाई नेपाल झिकाएको र पीडीतहरु सँगसँगै न्याएको लागि हिडिरहेकी छन् । उनी भन्छिन्, ‘युवा अलपत्र छन् भनेर कतारस्थित दूतावासबाट फोन आएपछि निर सर (म्यानपावर सञ्चालक)सँग कुरा गरेको र वास्ता नै नगर्नु भएको बताईन् ।’

    उनले कतार जाने युवाबाट म्यानपावर कम्पनीले पैसा लिएता पनि आफ्नो ब्यक्तिगत पैसाबाट २३ हजारको दरले पाँचवाटा जहाज टिकट किनेको बताईन् ।’ त्यस्तै, नेपाल फर्किएका पीडीत युवाहरुका लागि २६ हजार ३ सयका दरले ६ वाटा टिकट, ३३ हजार ५ सयका दरले ३ वाटा टिकट, ३४ हजार ५ सयको एक टिकट र ३६ हजार ५ सयको अर्को एक टिकट काटेको बताईन् ।

    पीडीतहरु

    त्यसैगरि चार जना गोरखा पालुङटारका मिलन गुरुङ, गोरखा आरुघाटका मन बहादुर कुँवर, काभ्रे देउपुरका राजकुमार ढकाल र सिन्धुपाल्चोक मेलम्चीका राकेश घिमिरे भने नेपाल आउने तयारीमा रहेका छन् । उनीहरुका लागि अर्चना सिंहले ४२ हजारका दरले ४ वाटा टिकट काटेको र केही दिनमा आईपुग्ने बताईन् ।

    बाँकी १२ जना भने नेपाल फर्कने कुनै ठेगान नभएको र सबैलाई आफ्नो ब्यक्तिगत खर्चले नेपाल झिकाउन नसकिने कुरा सिंहले न्युज गोरखाका सम्वाददातालाई बताएकी छन् । न्याएको लागि वैदेशिक रोजगार विभाग पुगेका युवाहरुलाई विभागका निर्देशक भोलानाथ गुरागाँइसँग पीडीतहरुले पत्रकारको सहयोगबाट भेटेका छन् ।

    उनीहरुलाई ठगीएको प्रमाणलगाएत आवश्यक कागजात लिएर विभागमा म्यानपावर विरुद्ध ठगीको उजुरी दर्ता गराउन सल्लाह दिएका थिए । पैसा तिरेको रसिद पनि म्यानपावरले नदिएपछि निर्देशक गुरागाँइले पश्चिम नेपाल म्यानपावर कम्पनीमा फोन गरि किन नदिएको पैसाको रसित भन्दा म्यानपावरका कामदारले रसित दिने नगरेको बताएका थिए ।

    गुरागाँइले पीडीतहरुलाई विदेश जानु अघि आफू कुन कम्पनीमा जाँदैछु, तलब कति छ, पैसा तिरेको रसिद लिनुपर्ने लगायतका बिषयमा सचेत रहन समेत आग्रह गरे । त्यस्तै, सोही म्यानपावर कम्पनिले गोरखा आरुघाटका खड्क बहादुर कुँवर र तनहुँ मानचोकका बिष्णु कुँवर गुरुङलाई पनि डगी गरेको छ । उनीहरुले एक लाख ७० हजार पैसा बुझाईसकेका छन् ।

    उनीहरुलाई साँढे दुई महिनादेखि कतार नै पठाईदिने भन्दै आफ्नै म्यानपावर कम्पनिको ‘पश्चिम नेपाल गेष्ट हाउस’मा राखेको बताए । साँढे दुई महिनामा ‘पश्चिम नेपाल गेष्ट हाउस’मा बस्दा ६० हजार पैसा सकिएको र अहिले बस्दै र्आको ‘तनहुँ चितवान गेष्ट हाउस’मा ३५ हजार ८ सय ५० रुपैयाँ सकिएको बताएका छन् । यी दुई युवा पनि हामी ठगीएको भन्दै वैदेशिक रोजगार विभागमा मुद्धा दायरा गर्न पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology