सार्वजनिक माफी माग्न पत्रकार महासंघको माग

  • साझा डबली
  • मङ्लबार, असार १७, २०७६
  • साझा डबली, असार १७। पाँचथरबाट प्रकाशित फिदिम टुडे दैनिकमा प्रकाशित समाचारलाई लिएर पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र संघकै पूर्व अध्यक्ष शुबराज थापाले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी आपत्तीजनक भएको नेपाल पत्रकार महाँसंघले जनाएको छ ।

    मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै महाँसंघले घटनाको भत्र्सना गर्दै सार्वजानीक माफी माग्न आग्रह गरेको छ ।
    बिज्ञप्तीमा भनिएको छ—२०७६ असार १२ गतेको फिदिम टुडे दैनिकको अंकमा प्रकाशित ‘स्वार्थ समूहको चंगुलमा स्थानीय सरकार शीर्षक समाचारलाई लिएर नकारात्मक टिप्पणी र प्रतिक्रिया व्यक्त गरेका थिए ।

    समाचार प्रति चित्त नबुझे या कुनै गुनासो रहे अपनाउनु पर्ने कानुनी मार्गलाई छाडेर सामाजिक सञ्जाल मार्फत टीका–टिप्पणी गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । महासंघ यस्ता घटनाको कडा भत्र्सना गर्र्दै सार्वजनिक रुपमा माफी मागी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

    पत्रकार महाँसघंका महासचिव रमेश विष्टद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सामाजिक सञ्जाल मार्फत टीका–टिप्पणी गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरिएको छ ।
    यस अघि आइतबार नेपाल प्रेस युनियन केन्द्रले समेत बिज्ञप्ती जारी गर्दै पाँचथर उद्योग बाँणिज्य संघको धारणा माग गरेको थियो ।

    त्यस अघि शनिवार पाँचथर जिल्लामा क्रियाशिल पत्रकारका पेशागत संगठनले समेत बिज्ञप्ती जारी गरेका थिए । उनीहरुले पनि घटनाको भत्र्सना गरेका छन । सोही दिन पत्रकार महाँसंघ शाखा पाँचथरले समेत प्रेस बिज्ञप्ती जारी गरेको थियो ।

    हेर्नुस् बिज्ञप्ती

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology