पाथिभरा माताको दर्शन संगै हेर्नुहोस आज शनिबारको राशिफल

  • साझा डबली
  • शनिबार, असार ७, २०७६
  • वि.सं. २०७६ आषाढ ०७ गते शनिबार तदनुसार ई. सं. २०१९ जुन २२ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : भूमिरज, , धनिष्ठा पञ्चक प्रारम्भ बिहान ०६ बजेर ४३ मिनेटमा, आजको मूहुर्त :

    रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आषाढ कृष्णपक्ष (तछलागा) पञ्चमी तिथि, साँझ ०७:३० बजेसम्म, त्यसपछि षष्ठी तिथि, धनिष्ठा नक्षत्र, साँझ ०८:०० बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, बिहान ०६:४३ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, विष्कुम्भ योग, बेलुका ०८:२६ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा कौलव करण बिहान ०६:३१ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०७:३० बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, नक्षत्रशूल :

    दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:११ बजे, सूर्यास्त : साँझ ०७:०० बजे, दिनमान : ३४ घडी ३३ पला (१३ घण्टा ४९ मिनेट, रात्रीमान : २५ घडी २७ पला (१० घण्टा ११ मिनेट)

    आजका लागि अशुभ समय :–

    राहु काल : बिहान ०८:३८ देखि १०:२२ सम्म,  यमघण्ट : दिउँसो ०१:४९ देखि ०३:३३ सम्म,  गुलिक काल : बिहान ०५:११ देखि ०६:५५ सम्म, काल वारवेला : बिहान ०५:११ देखि ०६:५५ सम्म र साँझ ०५:१७ देखि ०८:१७ सम्म

    आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

    शुभ वारवेला : बिहान ०६:५५ देखि ०८:३८ सम्म,  अमृत वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म,  आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग राती १० बजेर ३७ मिनेटपछि, भोलिको मुहूर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्द्धीहरू परास्त हुनेछन् । गृहिणीहरूले सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । छात्रछात्राका लागि अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।

    शुभरङ्ग : नीलो

    शुभअङ्क : ३

    शुभदिशा : पश्चिम

    इष्टदेवता : शिवजी

    अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

    अशुभ अङ्क : ६

    अशुभ दिशा : दक्षिण

    कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

    न्यूनतम जापसङ्ख्या : २३

    के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

    के नगर्ने : अनुशासन भङ्ग

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्ने समय हो । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । गृहिणीहरूले परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । जागीर खोज्ने विद्यार्थीले रोजगारीको राम्रो अवसर हात पर्न सक्छन् । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।

    शुभरङ्ग : कालो

    शुभअङ्क : २

    शुभदिशा : दक्षिण

    इष्टदेवता : कुल/पितृदेवता

    अशुभ रङ्ग : कलेजी

    अशुभ अङ्क : ५

    अशुभ दिशा : पूर्व

    कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

    न्यूनतम जापसङ्ख्या : २३

    के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

    के नगर्ने : अल्छीपन र अकर्मण्यता

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । विद्यार्थीहरूको पठनपाठनमा प्रगति हुनेछ र अन्य सबैमा दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।

    शुभरङ्ग : गाढा पहेंलो वा केशरी

    शुभअङ्क : ९

    शुभदिशा : पूर्व

    इष्टदेवता : धर्मराज

    अशुभ रङ्ग : चम्किलो/उज्यालो

    अशुभ अङ्क : ४

    अशुभ दिशा : उत्तर

    कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

    न्यूनतम जापसङ्ख्या : १९

    के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

    के नगर्ने : अपमान

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    गृहिणीहरूले आज सानातिना काम र घरेलु समस्यामै अल्मलिएर समय बिताउनु पर्नेछ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ, यात्राका क्रममा हरहमेशा सचेत हुनुपर्छ । प्रायः सबैको पारिवारिक जीवनमा समेत निरसता छाउने समय छ । त्यस्तै व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुनु ठीक हुन्छ । विवाद, झैझगडामा फँस्नु राम्रो होइन, नत्र ठूलो लफडा ब्यहोर्ने दिन छ । लेनदेनको विवाद, कुनै पुरानो समस्या वा सम्झनाका कारण चुनौती र तनाव झेल्नुपर्ने समय भएकाले आज कुनै परिस्थितिमा पनि आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । तर देशपरदेश र दूरदराजका क्षेत्रमा बस्नेले लाभ पाउने समय छ ।

    शुभरङ्ग : नीलो

    शुभअङ्क : ८

    शुभदिशा : उत्तर

    इष्टदेवता : भगवान् महादेव

    अशुभ रङ्ग : हरियो

    अशुभ अङ्क : ३

    अशुभ दिशा : पश्चिम

    कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

    न्यूनतम जापसङ्ख्या : १०

    के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

    के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    सुरुमा छैटौं चन्द्रमा भए पनि दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुने समय देखिन्छ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।

    शुभरङ्ग : हलुका रातो

    शुभअङ्क : ७

    शुभदिशा : पश्चिम

    इष्टदेवता : राधाकृष्ण

    अशुभ रङ्ग : पहेंलो

    अशुभ अङ्क : २

    अशुभ दिशा : दक्षिण

    कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

    न्यूनतम जापसङ्ख्या : ११

    के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

    के नगर्ने : कामुकता

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । विद्यार्थीवर्ग र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । गृहिणीहरूले छोराछोरीबाट सन्तोष प्राप्त गर्नेछन् । झगडा वा किचलोमा पनि समय दिनुपर्ने दिन छ, अनि विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुर्ख्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । छात्रछात्रा मनोरञ्जनात्मक क्रियाकलाप वा प्रेम तथा प्रणयप्रसङ्गमा भुलिनसक्छन् । बन्दव्यापारबाट लाभै देखिन्छ ।

    शुभरङ्ग : सेतो वा घुर्मैलो

    शुभअङ्क : ६

    शुभदिशा : दक्षिण

    इष्टदेवता : विष्णु भगवान्

    अशुभ रङ्ग : सुन्तले/गुलाबी

    अशुभ अङ्क : १

    अशुभ दिशा : पूर्व

    कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

    न्यूनतम जापसङ्ख्या : ०८

    के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

    के नगर्ने : मुद्दामामिला र झैझगडा

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पठनपाठनमा मन जानेछ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । विद्यार्थीहरूको लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । अरुको पनि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । गृहस्थीहरूमा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

    शुभरङ्ग : आकासे

    शुभअङ्क : ९

    शुभदिशा : पूर्व

    इष्टदेवता : सरस्वती माता

    अशुभ रङ्ग : कालो

    अशुभ अङ्क : ३

    अशुभ दिशा : उत्तर

    कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

    न्यूनतम जापसङ्ख्या : ०७

    के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

    के नगर्ने : अहङ्कार

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने समय छ, त्यस्तै आजको दिन कुनै लामो समयदेखि हाँके/ताकेको पुरानो काम बनाउने समय हो, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु चाहिं राम्रो हुँदैन । दिउँसोबाट आफ्नै कामकाजमा घोरिनुपर्ने भएकाले साथीसङ्गी वा इष्टजनको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा खासै उपलब्धी हुँदैन । शरीरमा आलस्य र तन्द्रा जाग्ने दिन हो, मन अशान्त बन्नसक्छ, तनाव र उल्झन झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाइने समय हो ।

    शुभरङ्ग : कलेजी

    शुभअङ्क : ४

    शुभदिशा : उत्तर

    इष्टदेवता : अष्टमातृका

    अशुभ रङ्ग : गाढा नीलो

    अशुभ अङ्क : २

    अशुभ दिशा : पश्चिम

    कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

    न्यूनतम जापसङ्ख्या : ११

    के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

    के नगर्ने : लोभ र मोह

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । भोज वा पार्टीमा सहभागी बन्ने समय छ, मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कर्मचारीले विशिष्टजन वा हाकिम खुसी पार्ने समय हो । छात्रछात्राले गुरुजन वा अग्रजको सल्लाहले नसुल्झिएको गुत्थी सुल्झाउन पाउने छन् । गृहिणीहरूमा परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आज सबैका लागि दिनदुःखीलाई सानो सहयोग गरेमा भाग्योन्नतिको अवसर पाउन सक्ने समय छ ।

    शुभरङ्ग : हरियो

    शुभअङ्क : ३

    शुभदिशा : पश्चिम

    इष्टदेवता : गणेश

    अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

    अशुभ अङ्क : १

    अशुभ दिशा : दक्षिण

    कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

    न्यूनतम जापसङ्ख्या : ०८

    के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

    के नगर्ने : दुःखीको अपमान

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । बोलीमा मिठास आउने छ । छात्रछात्राले मौखिक क्रियाकलापबाट लाभ पाउने छन् ।

    शुभरङ्ग : सेतो

    शुभअङ्क : २

    शुभदिशा : दक्षिण

    इष्टदेवता : लक्ष्मी माता

    अशुभ रङ्ग : पहेंलो

    अशुभ अङ्क : ९

    अशुभ दिशा : पूर्व

    कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

    न्यूनतम जापसङ्ख्या : ११

    के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

    के नगर्ने : फजुल खर्च

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ,  आजबाट मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । तर आजको दिन दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै हुने समय छ । अब नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गरी छाड्ने समय हो, दिन ढल्दै जाँदा निर्णय सबल बन्दै जानेछ, त्यसैले धैर्यता र संयमताका साथमा काम गर्ने दिन छ । छात्रछात्राले प्रतियोगितात्मक क्रियाकलापबाट लाभ पाउने छन् । बन्दव्यापारमा संलग्नहरूका लागि धनागमको बाटो सहज देखिन्छ, आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

    शुभरङ्ग : गुलाबी

    शुभअङ्क : १

    शुभदिशा : पूर्व

    इष्टदेवता : हनुमान्

    अशुभ रङ्ग : हरियो

    अशुभ अङ्क : ८

    अशुभ दिशा : उत्तर

    कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

    न्यूनतम जापसङ्ख्या : १०

    के गर्ने : नैराश्यभाव त्याग गर्ने

    के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा सहभागी बन्नुपर्ने भएकाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । गृहिणीहरूका लागि घरायसी वातावरणसमेत निराशापूर्ण हुनेछ, पुरानो लेनदेन वा प्रशासनिक झमेलाले पिरोल्न सक्छ । खानपिनको समयमा पनि हेरफेर हुने समय छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । गरेका काममा सोचेबमोजिम साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने दिन हो, छात्रछात्राले मनोरञ्जनात्मक क्षेत्रमा ध्यान दिनाले पठनपाठन बिथोलिने समय छ ।

    शुभरङ्ग : बैजनी वा पहेंलो

    शुभअङ्क : ४

    शुभदिशा : उत्तर

    इष्टदेवता : कुल/पितृदेवता

    अशुभ रङ्ग : हरियो/चम्किलो

    अशुभ अङ्क : ७

    अशुभ दिशा : पश्चिम

    कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

    न्यूनतम जापसङ्ख्या : १९

    के गर्ने : खर्र्चमा नियन्त्रण

    के नगर्ने : विलम्ब र ढिलासुस्ती

    (द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology