आज शुक्रबार स्कुल बन्द

  • साझा डबली
  • शुक्रबार, असार ६, २०७६
  • काठमाडौं, असार ६।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)ले भोली शुक्रबार उपत्यकाका तीन जिल्लासहित ११ जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ।

    संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारीको विरोध भन्दै उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल गर्ने जनाएको छ।

    विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा शुक्रबार एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology