बैंक कर्मचारीको हत्या गरेर नगद लुट्ने पक्राउ

  • साझा डबली
  • बिहिबार, असार ५, २०७६
  • पाँचथर,असार ५ । पाँचथरको गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन ।
    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख(डिएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले तामाङको हत्यामा संलग्न हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती(अश्मिन)लाई विहिवार साँझ ८ वजे पक्राऊ गरेको हो ।

    हत्या पछि फरार रहेका अभियुक्तको खोज तलास गर्ने क्रममा प्रहरीले लावतीको साथवाट लुटिएको ८१ हजार ७० र हत्यामा प्रयोग भएको खुकरी पनि वरामद गरेको छ । हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

    घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
    उनले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीले जनाएको छ ।
    इलामको माइ जोगमाइ घर भएकी २० वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology