एकैपटक ९ वटा ग्यास सिलिण्डर विस्फोट

  • साझा डबली
  • बिहिबार, असार ५, २०७६
  • काठमाडौं, असार ५। जनकपुरधाम उपमहानगरपालिका– २ कदम चोकमा बिहीबार होटलमा ९ वटा ग्यास सिलिण्डर बिस्फोट भएका छन् ।

    बिहीबार बिहान ३ बजे ग्यास सिलिण्डर बिस्फोट हुँदा कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

    विस्फोटपछि भएको आगलागी बाट ३० लाखभन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology