पाँचथर हत्या अपडेट :२० वर्षीया युवतीबाट नगद लुटपाट गरी हत्या

  • साझा डबली
  • पाँचथर,असार ४ । मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । दुइवटा समुहको बैठक सकि कार्यालय तर्फ फर्किदै गरेकोे अवस्थामा उनको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

    जिल्ला प्रहरी कार्यलयको प्रारम्भकि अनुसन्धानबाट युवतिको साथमा भएको नगद रु ७८ हजार ५ सय रुपैँया हत्यामा हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ । युवतिको हत्या लुटपाटकै लागी गरिएको हो कि अन्य अरु कारण पनि हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । युवतीको शव पोष्टमाटमको लागी मंगलबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।

    युवतीको शवलाई उनको आफन्तहरु इलामबाट आए पछि पोष्टमाटम गरिने प्रहरीले बताएको छ । युवति स्थायि ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ । उनि केहि समय दखि फाइनानसमा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन । हत्यामा संलग्न हरुको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology