कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजी हुँदै

  • साझा डबली
  • बुधबार, असार ४, २०७६
  • काठमाडौं, असार ४ । हुम्लामा कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजिकार्य आज बिहानैदेखि शुरु गरिएको छ। बेपत्ता भएकाहरुलाई मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले कर्णालीको किनारमा खोजि कार्य शुरु गरिएको हुम्लाका सहयाक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंबाट गोताखोरको टोली लिएर गएको हेलिकोप्टर घट्नास्थल पुग्दैछ। मंगलबार उद्दारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए। हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप मंलबार दिउँसो कर्णाली नदीमा खसेको हो। जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology