बझाङ जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

  • साझा डबली
  • सोमवार, असार २, २०७६
  • बझाङ, असार २  ।  बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मस्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मस्टा गाउँपालिका–१ कोट देवल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमै सबैको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले बताए । मृतको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

    सबै मृतक मस्टा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ । जिप अप्ठ्याराे ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न कठिनाइ भएको उनले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटना स्थलतर्फ गएकाे छ ।

    जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

    जिप भीरमा अड्किएको छ । घटनाको विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology