घट्यो पेट्रोल र डिजेल र मटितेलको मूल्य

  • साझा डबली
  • आइतवार, असार १, २०७६
  • काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको  छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

    जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको गोइतले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology