हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन माैसमविद्काे आग्रह

  • साझा डबली
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौं,जेठ २७ । देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ ।

    यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ । यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा छ । चितवनको दक्षिणी भेगमा मेघगर्जन सुरू भइसकेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology