काठमाडौँ, जेष्ठ १९। धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ । ठेक्का सम्झौताअनुसार निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडक लामो समयसम्म निर्माणाधीन अवस्थामा हुँदा आवतजावत गर्नेलाई सास्ती भएको छ ।
सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टका कारण दुर्घटना हुने दर बढेको छ । सडक धुलाम्य हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । धुलोले व्यवसायी, स्थानीय तथा यात्रु विभिन्न रोगको संक्रमणमा समेत पर्ने गरेका छन्।
‘आयोजना र ठेकेदारको चरम लापरबाहीका कारण निर्माणको काम समयमा सम्पन्न नहुँदा हामी सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेको छ,’ धनगढी वोराडाँडीका हेमराज पाण्डेले भने ।
यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन् ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते