बुटवल, जेष्ठ १८। नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले सरकार परिवर्तनको संकेत देखा पर्न थालेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे सहमति बाहिर ल्याउनु सामान्य नरहेको भन्दै यसबाट सरकार परिवर्तनको संकेत मिलेको उनको दाबी छ ।
बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘यो प्रधानमन्त्रीसँग डिल नगर, अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाइ दिएका हुन् ।’
लोकतन्त्र र कम्यूनिष्ट सरकार सँगसँगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको समेत दाबी गरे ।
संविधान सहमतिको दस्तावेज भएको बताउँदै सिंहले सरकार संघीयतालाई कमजोर बनाउन लागिपरेको पनि आरोप लगाए ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने