हेटौंडामा बम भेटियो

  • साझा डबली
  • मङ्लबार, जेष्ठ १४, २०७६
  • हेटौंडा, जेठ १४ ।  हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको  दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।

    कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने ।

    बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology