विप्लव समुहका मध्यकमाण्ड सचिवसहित तीन नेताद्वारा पार्टी परित्याग

  • साझा डबली
  • मङ्लबार, जेष्ठ १४, २०७६
  • काठमाडौं, जेठ १४ । ललितपुरको नख्खुमा एनसेल प्रा.लि.को मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले विप्लव समूह परित्याग गरेका छन् ।

    समूहको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै ९ चैतमा पक्राउ परेका शंकर अधिकारी, सञ्जीव कार्की र देवराज घिमिरेले समूह छाडेको घोषणा गरेका हुन् ।

    समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् । उनी समूहको मध्यकमाण्ड सचिव थिए । कार्की र घिमिरे पनि मध्यकमाण्डमै कार्यरत् थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology