काठमाडौं, जेठ १४ । अभिनेत्री करिश्मा मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीबाट अलग भएको घोषणा गरेकी छिन् ।
केही समयअघि मात्र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको थियो । एकतापश्चात पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । समाजवादी पार्टी गठन भएपछि अभिनेत्री मानन्धर निष्क्रिय जस्तै भएकी थिइन् । एसईई परीक्षा दिएर फुर्सदमा रहेकी करिश्माले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् ।
उनले नयाँ शक्ति पार्टीमा आबद्ध भएर धेरै कुरा जान्ने र बुभ्ने अवसर मिलेको बताएकी छन् । करिश्मा चार वर्षअघि डा.बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेकी थिइन् ।
उनले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको भए पनि लिखित राजीनामा दिन भने बाँकी नै रहेको बताएकी छिन् । मानन्धरले एकाएक पार्टीबाट राजीनामा दिनुको कारण उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको बताइएको छ । तर अभिनेत्री मानन्धरले भने आफ्ना केही व्यक्तिगत महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले राजनीतिबाट अलग भएको प्रतिक्रिया दिएकी छन् ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते