नेपाल टेलिकमले ल्यायो ‘विशेष अफर’, यसरि सुचारु गर्नुस

  • साझा डबली
  • सोमवार, जेष्ठ १३, २०७६
  • काठमाडौं, जेष्ठ १३। गणतन्त्र दिवस २०७६ को अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ ।

    मंगलबारदेखि लागू हुने गरी टेलिकमले ‘रिपब्लिक डे अफर २०७६’  उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

    यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गर पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । यो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

    ग्राहकले छुट प्राप्त गर्नका लागि *१४१५# मा डायल गर्नु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology