राजा बन्न खोज्नेलाई रोक्ने तागत छ – गगन थापा

  • साझा डबली
  • सोमवार, जेष्ठ १३, २०७६
  • काठमाडौं, जेष्ठ १३। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    “हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो,” नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा सोमबार थापाले भने, “तर्साउने गृहमन्त्री होइन । शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ ।”

    विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीको भनाइ रहेको उल्लेख गर्दै यति जानकारी राख्दाराख्दै पनि किन सुरक्षा दिन नसकेको भन्दै प्रश्न गरे ।

    थापाले सरकारले अधिनायकवादतर्फ जान लागेको बताउँदै भने, “राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology