झापाको गौरादहमा शंकास्पद वस्तु फेला

  • ठाउँठाउँमा बम फेला पर्न थालेपछि सर्वसाधारण त्राशमा
  • साझा डबली
  • सोमवार, जेष्ठ १३, २०७६
  • झापा,जेठ १३। झापाको गौरादह नगरपालिकास्थित गणेश मन्दिर नजिकैको पुलमा शंकास्पद वस्तु फेला परेको छ। रातो झोला भित्र राखिएको उक्त वस्तु बम हुन सक्ने आंशका गरिएको छ।

    हाल प्रहरीको बाक्लो निगरानीमा राखिएको वस्तुलाई निष्क्रिय गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ आउदै गरेको ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख गौरादहका बिनोद श्रेष्ठले जानकारी गराउनु भएको छ।

    विप्लप नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा राजधानीमा भएको बम विस्फोटमा चार जना मारिएपछि आज मुलुकभरको सुरक्षा कडा पारिएको छ।बन्दकै क्रममा ठाउँठाउँमा बम र संकास्पद वस्तुहरु भेटिन थालेपछि जनजीवन त्रसित बनेको छ।

    आजै प्रतिनिधिसभालाई सम्बोधन गर्दै गृहमन्त्री  विप्लप नेतृत्वको नेकपालाई वार्ताको मुलधारमा ल्याई समाधान निकाल्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology