हेटौंडामा ट्रक जलाइयाे

  • साझा डबली
  • सोमवार, जेष्ठ १३, २०७६
  • हेटौंडा, जेष्ठ १३। विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ ।

    त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

    यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उनले बताए ।

    सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए । बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology