काठमाडौं, जेष्ठ १२। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो ।
टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा मन्त्रीसहितको टोली तीनवटा हेलिकोप्टर लिएर बेस क्याम्पमा पुगेको थियो ।
काठमाडौँबाट लुक्लासम्म जहाजमा पुगेको टोली त्यहाँबाट भने नेपाली सेना र सिम्रिक एयरका हेलिकोप्टरमा लिएर फर्किएको थियो ।
सगरमाथाको मापनका लागि भन्दै नापीद्वारा भाडामा लिइएका सिम्रक एयरका दुईवटा हेलिकोप्टर मन्त्रीको टोलीका लागि प्रयोग भएका थिए ।
यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते