तातोपानी नाका सञ्चालन तयारी तीव्र

  • साझा डबली
  • शनिबार, जेष्ठ ११, २०७६
  • सिन्धुपाल्चोक जेठ, ११। चीनले अर्को साताबाट तातोपानी नाका सञ्चालनमा ल्याउने बताइरहेका बेला नेपाली पक्षले तयारी तीव्र पारेको छ ।

    बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकैको साँधी खोल्साको पुलले नाका सञ्चालनमा अवरोध गर्ने चिन्ता  बढिरहेका बेला त्यहाँ १४ मिटर लामाे बेलिब्रिज जडान भएकाे छ ।

    गत वर्षको बाढीले बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकै रहेको साँधी खेल्साकाे पुल बगाएर लगेकाे थियाे । तातोपानीनाका जोड्ने मुख्य पुल बगाएपछि सडक आवागमन प्रभावित हुँदै आएको थियो । पुल बगाएपछि अस्थायी डाइभर्सनको सहारा लिइँदै आएको थियो ।

    पुल जडानसँगै सवारी आवागमन सञ्चालनमा आएको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

    बेलीब्रिज जडानपछि अबखोलालाई तटबन्ध बनाएर व्यवस्थित गर्न नगरपालिकाले काम सुरु गरेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology