पिएम कप क्रिकेटमा आज दुई खेल हुँदै

  • साझा डबली
  • शुक्रबार, जेष्ठ १०, २०७६
  • काठमाडौं,जेठ १०| प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) पहिलो दिन दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित टियु मैदानमा विभागीय टोली आर्मी र प्रदेश २ बीचको उद्घाटन खेल हुने छ भने अर्को खेल मुलपानि क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस र प्रदेश १ बीच हुने छ ।
    बिहन ९ बजे देखी सुरु हुने प्रतियोगिताको उद्घाटन टीयु मैदानमा पुर्व प्रधानमन्त्री तथा नेकपाका सह अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

    प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोली गरी १० टालीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology