आज(शुक्रवार)के छ योजना ? राशीफल हेरेर लिनुस् निर्णय

  • साझा डबली
  • शुक्रबार, जेष्ठ १०, २०७६
  • वि.सं. २०७६ साल जेठ १० गते। शुक्रबार मृदु
    संज्ञक गीत संगित, बादबिवाद, विलाशिताका
    काम, नया लुगा अनि गहना लाउन, वाणिज्य
    व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य,
    । इश्वी सन् २०१९ मे २४ तारिख। शकसंवत्
    १९४१। परिधावी संवत्सर। उत्तरायण।
    ग्रीष्म ऋतु। नेपाल संवत् ११३९ बछलागा।
    ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, ३०:०६ बजे
    नन्दा तिथि १,६,११ चित्र विचित्र
    आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा
    जमिनको लेनदेन, गीत संगित,
    नक्षत्र– उत्तराषाढा, ७:५८ बजे
    उत्तराषाढा ध्रुव संज्ञक लामो समय सम्म
    रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ
    छर्ने फुल बोटबिरुवा रोप्ने काम आजलाई
    राम्रो छ ।
    उप्रान्त श्रवण श्रवण चर संज्ञक बनस्पतिको
    काम, व्यवशाय र पढाई सुरु गर्न, गरगहना
    बनाउन, कला संग सम्बनधीत कुरा सिक्न
    हात्ती घोडा चढ्न आज राम्रो छ ।
    । योग– शुक्ल, १०:५८ बजेउप्रान्त ब्रह्म।
    करण– गर, १७:१४ बजेदेखि वणिज, ३०:०६
    बजेउप्रान्त वणिज। आनन्दादिमा कालदण्ड
    योग। चन्द्रराशि– मकर। काठमाडौंमा
    सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९
    बजे र दिनमान ३४ घडी ०१ पला।
    मेष– दाजुभाइ तथा दिदिबहिनीमा केही
    असमझदारी बढ्ने सम्भावना छ । समाजले
    बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग
    नजिकिनुपलार्् ।
    वृष– कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक
    समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई
    परास्त गर्न सकिनेछ ।
    मिथुन– विभिन्न अवसरले पछ्याउनेछन् ।
    मुद्दामामिला वा कामका विविध
    झमेलाहरूबाट पनि केही समयलाई मुक्ति
    मिल्नेछ ।
    कर्कट– घर–जग्गा वा स्थायी सम्पत्तिमा
    विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित
    व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा
    समस्या पनि आउन सक्छ ।
    सिंह– घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी
    आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका
    काम भने सम्पादन गर्न सकिने दिन छ ।
    कन्या– प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै
    सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त
    धन लाभ पनि हुन सक्छ ।
    तुला– बहुमूल्य धातु संग्रह गरिएला ।
    सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त
    हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय
    छ ।
    वृश्चिक– राजनीतिक पहुँच बढ्नेछ । तर पनि
    भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने
    केही विवाद निस्कन सक्छ, सावधान रहनु
    होला ।
    धनु– आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न
    सक्छ । खराब व्यक्तित्वको संगतले मान–
    सम्मानमा चोट पुग्ने सम्भावना छ ।
    मकर– व्यवसाय र उद्योगधन्दामा राम्रो
    फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा
    रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ

    कुम्भ– भूमिबाट प्रशस्त फाइदा मिल्नेछ ।
    साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले
    अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।
    मीन– अस्वस्थताले राजनीतिक तथा सामाजिक
    प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको
    स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति
    पनि चिन्ता बढ्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology