Breaking: झापाबाट काठमाडौं आउदै गरेको बस सिराहामा दुर्घटना

  • साझा डबली
  • शुक्रबार, जेष्ठ १०, २०७६
  • काठमाडौं,जेठ १०। झापाबाट काठमाडौंका लागि छुटेको ना ८ ख ९८२ नम्बरको यात्रुबाहक बस विपरीत दिसाबाट आईरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किदा दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा भएको दुर्घटनामा अन्य १० गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ।

    दुर्घटनामा मृत्यु हुनेमा बसका चालक भोजपुरका हरीरण पहेली र झापाका मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ। घटनामा २४ जना घाइते भएका छन्।गम्भीर घाईतेहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology