सामूहिक हत्याकाण्डका बारेमा छिट्टै सत्यतथ्य सार्वजनिक गर्छाैँ- गृहमन्त्री थापा

  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • काठमाडौं,जेठ ८ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन ।

    गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन  ।

    गृहमन्त्री थापाले घटनामा हत्या गरिएका नौ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि बताए ।

    घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ ।  त्यस घटनामा भागेर बाँच्न सफल १२ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

    सोमबार राति भएकोसामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । नाै जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दूरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले पारिवारिक रिसइबीका कारण माखिमले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology