पाँचथरको घुर्विसे पञ्चमी बजारमा १ युवक मृत फेला

  • पाँचथरमा घट्यो अर्को घटना
  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • पाँचथर, जेष्ठ ८। पाँचथर फाल्गुनन्द गाउँपालिकाको अस्थायी सेवा केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा १ युवक मृत फेला परेका छन् ।

    बाहिरबाट ताला लगाइएको कोठा भित्र अन्दाजी ३५ बर्षिय सुरेन लिम्बुको शव भेटिएको स्थानीयले बताएका छन् । लिम्बू आजै दिउसो १ बजेदेखी हराइरहेको बताइएको छ । उनी भर्खरै वैदेशिक रोजगारी (कोरिया) बाट फर्किएको खुल्न आएको छ ।

    इलाम र पाँचथरको सिमावर्ती बजार रहेको घटनास्थल भने इलाम जिल्ला तर्फ पर्दछ । उनकी श्रीमतीले भर्खरै स्थानीय भूतपुर्ब भारतिय सैनीक संग विवाह गरेको समेत बताइएको छ ।

    दिउसै बाट हराएका लिम्बूको खोजी गर्ने क्रममा अहिले बेलुकी ६:४५ बजे बन्द कोठामा शव भेटिएको फाल्गुनन्द गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र भटराइले जानकारी दिए ।

    फाक्तेप प्रहरी चौकी घट्ना स्थल नजिकै रहेको कारण घट्ना स्थल पुगिसकेको छ भने इलाम आमचोकबाट समेत प्रहरी घटना स्थल तर्फ आइरहेको जानकारी प्राप्त भएको छ ।(-नयाँ कुरो)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology