सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

  • साझा डबली
  • मङ्लबार, जेष्ठ ७, २०७६
  • काठमाडौं, जेष्ठ ७। साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनकको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले घटेकको हो ।

    सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    साथै,चाँदी ७०५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology