काठमाडौं, जेठ ६। भारतीय उमन्स लिग खेलिरहेकी नेपालको राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले जारी लिगमा तेस्रो ह्याट्रिक गरेकी छन् । सेथु क्लबबाट पहिलो सिजन खेलिरहेकी सावित्राले आज सेमिफाइनलअन्तर्गत भएको एसएसबी सेन्ट्रलविरुद्धको खेलमा ह्याट्रिक गरेकी हुन् ।
आजको खेलमा पनि सावित्राले ह्याट्रिकसहित एक्लैले ४ गोल गरिन् । उनकै ४ गोलको मद्दतमा सेथु एफसीले सेन्ट्रल महिला फुटबल क्लबलाई ८–१ फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनायो ।
निकै आक्रामक देखिएकी सावित्राले खेलको ४१औं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि उनले ५९ औं र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् भने ९०औं गोल अर्को गोल थप्दै कूल ४ गोल गरिन् ।
यता, सावित्राले आफ्नो डेब्यु खेलमा पनि ४ गोल नै गरेकी थिइन् । मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्धको सो खेलमा उनले ४ गोल गरेकी थिइन् । त्यसपछि उनले एफसी कोहलपुर सिटीविरुद्धको खेलमा पनि ह्याट्रिक गरिन् ।
हालसम्म उनले प्रतियोगितामा कूल तीन ह्याट्रिक गरेकी छन् । यससँगै लिगमा सावित्राको कूल गोल संख्या १३ पुगेको छ । लिगमा सावित्रासँगै नेपाली खेलाडी अनिता बस्नेत पनि खेलिरहेकी छन् ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । उपाधिका लागि सावित्राको टिम सेथुले मणिपुर पुलिसको सामना गर्नेछ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते