बम बिस्फोट, दुई जना गम्भीर घाइते

  • साझा डबली
  • सोमवार, जेष्ठ ६, २०७६
  • पर्वत, जेष्ठ ६। पर्वतमा आफैले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

    विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैले बनाइरहेका बेला बम बिस्फोट भएको हो ।  बम बिस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।

    बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology