नेपाल टेलिकमबाट अब १० पैसामा एक मिनेट कुराकानी, तर कसरी ?

  • साझा डबली
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौं, जेष्ठ ५। नेपाल टेलिकमले दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

    आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

    यो सेवा उपभोग गर्नका लागि मोवाइलमा voice90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ ।

    त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

    यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology