काठमाडौं, जेष्ठ ५। काउन्सिल सम्बन्धी विधेयकविरुद्ध लगातार आन्दोलन गर्दै आएको नेपाल पत्रकार महासंघले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समिति बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको हो ।
‘पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।’
मन्त्रीपरिषद्बाट पारित भएर बैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक विरुद्ध महासंघले पदर्शन गर्दै आएको छ। उक्त विज्ञप्ति मार्फत् पहिलो चरणको आन्दोलन सफल गराउँन सहयोग सबैलाई महासंघले धन्यवाद समेत दिएको छ।
यस्तो छ महासंघका विरोध कार्यक्रमहरु :
– जेठ ६ र ७ गते : महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श
– जेठ ८ गते : संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने
– जेठ ९ देखि १२ गतेसम्म : सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने
– जेठ १३ र १४ गते : सांसदहरुसँग भेट गरी छलफल गर्ने
– जेठ १८ देखि २० गतेसम्म : महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने
– जेठ २१ र २२ गते : महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने
-जेठ २३ र २४ गते : केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने
– जेठ २५ गते : अपरान्ह ३:०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने। काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने