वायर्न म्युनिख बन्यो सातौं पटक च्याम्पियन

  • साझा डबली
  • आइतवार, जेष्ठ ५, २०७६
  • काठमाडौं। वायर्न म्युनिखले फ्रान्कफर्टलाई पराजित गर्दै जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

    शनिबार राति भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टमाथि ५–१ गोलको शानदार जित निकाल्दै वायर्न च्याम्पियन बन्यो ।

    फ्रान्कफर्टलाई पराजित गरेसँगै वायर्नले लगातार सातौं सिजनको बुन्डेस लिगाको उपाधि उचालेको हो ।

    घरेलु मैदानमा वायर्नलाई जित दिलाउन किंग्सले कोम्यान, डेभिड अल्बा, रेनाटो सान्चेज,फ्रान्क रिबेरी र आर्जेन रोबेनले एक एक गोल गरे । फ्रान्कफर्टका सेबास्टीयन हाल्लरले एक गोल फर्काए ।

    फ्रान्कफर्टलाई पराजित गरेसंगै वायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो । बोरुसिया डर्टमण्डलाई २ अंकले पछि पार्दै वायर्नले उपाधि हात पार्यो । दोस्रो स्थानमा रहेको डर्टमण्डको ७६ अंक रह्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology