काठमाडौं, जेष्ठ ४। सामान्यतया हामीले काफल एक बोहोता, एक टपरी वा एक डालो काफल भनेका, सुनेका र देखेका छौं । तर घाँस बोक्ने डोकोमा काफल बोकेको देख्दा सबैलाई अच्चम लाग्छ ।
सुर्खेतमा एक जना महिलाले डोकोमा काफल ल्याएर चोकमा बेचिरहेको दृष्य आजभोली सामाजिक संजालमा भाइरल भएको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले सामाजिक संजाल फेसबुकमा काफल बेचिरहेकी एक जना महिलाको फोटो खिचेर राखेपछि यो फोटो भाइरल भएको हो ।
सामाजिक संजालमा प्रहरी प्रमुख शाहले जीवनमा पहिलो पटक यस्तो दृष्य देखेको भन्दै उत्साहित हुँदै यो फोटो शेयर गरेका छन । काफल बेचिरहेकी महिला सुर्खेतकी यशोदा अधिकारी हुन । उनी हरेक दिन विहान सुर्खेतको कालिन चोकमा काफल बेचिरहेकी हुन्छिन ।

उनले सुर्खेतको लेकबेशी गाउँपालिकाको रतु भन्ने ठाँउबाट काफल डोकोमा ल्याएर कागजको सुलीमा राखी ३० रुपैयाँका दरले बेच्ने गरेकी छन ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते