गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट

  • साझा डबली
  • काठमाडौँ, जेष्ठ ४। सप्तरीको बिलान–बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ ।

    शुक्रबार राति १ बजेतिर घरमा कोही नभएका बेला गाउँपालिकाका अध्यक्ष गोइतको घरमा बम बिष्फोट भएको सप्तरीका एसपी राजेन्द्र बिष्टले जानकारी दिए ।

    घरमा कोही नभएका बेला बिष्फोट भएकोले मानवीय क्षति नभएको एसपी बिष्टले बताए । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले मिडियामा विज्ञप्ति पठाएर बिष्फोटको जिम्मा लिएको एसपी बिष्टले बताए ।

    विज्ञप्तिमार्फत भ्रष्टाचार नरोके यो भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology